अफगानिस्तानमा अमेरिकी विमान दुर्घटनाग्रस्त गराएर सुलेमानीको हत्याको बदला ?

370

अफगानिस्तानको गजनी प्रान्तमा सोमवार दुर्घटनाग्रस्त भएको अमेरिकी जासूसी विमानको दुर्घटनापछिको फूटेज सार्वजनिक गरिएको छ । 

अफगानिस्तानमा रहेका अमेरिकी बलहरूले बम्बार्डियर ई–११ए विमान दुर्घटनाग्रस्त भएको ढिलो गरी पुष्टि गरे । 

उनीहरूले के कारणले विमान दुर्घटनाग्रस्त भएको हो भन्ने विषयमा अनुसन्धान चलिरहेको बताए तर उक्त क्षेत्रमा शत्रुले फायरिङ गरेर विमान खसाएको कुनै संकेत नपाइएको दाबी गरे । 

तालिबानले चाहिँ अमेरिकी सैन्य विमान खसाएको दाबी गरेको छ । विमानमा रहेका शीर्ष सीआईए अधिकारी सहित सबैको ज्यान गएको उसको दाबी छ । 

उक्त विमानमा कतिजना थिए भन्ने विषयमा कुनै जानकारी उपलब्ध छैन । 

ई–११ए सिभिल बम्बार्डियर बीडी–७०० ग्लोबल एक्सप्रेसको सैन्य विमान हो । यसले दक्षिणपश्चिम एसियामा ओभरहेड कम्युनिकेसन्स रिलेका रूपमा काम गर्थ्यो । 

भेट्रान्स टुडे नामक वेबसाइटले रुसी जासूसी सूत्रहरूलाई उद्धृत गर्दै विमानमा अमेरिकी जासूस माइकल डी’एन्ड्रिया पनि रहेको लेखेको छ । उनी इराक, इरान र अफगानिस्तानमा अमेरिकी जासूसी कारवाहीका प्रमुख हुन् र पश्चिम एसियामा सीआईएले चलाउने हत्या कारवाहीको जिम्मेवारी पनि उनैमा थियो । 

डी’एन्ड्रियाले इराकमा इरानका शीर्ष जनरल कासिम सुलेमानीको हत्या गर्ने ड्रोन कारवाहीको नेतृत्व गरेको बताइन्छ । लाेकान्तर डट कममा समाचार लेखिएका छन ।