९५ यात्रु बोकेको जहाज खस्यो, १४ जनाको मृत्यु

731

एजेन्सी ,  पुस ११ // कजाकस्तानमा मध्य एसियाली मुलुक कजाकस्तानमा शुक्रबार बिहान एक यात्रुवाहक जहाज दुर्घटनामा परेको छ।

बेक एयरको फ्लाइट नम्बर २१०० को जहाज अल्माटी विमानस्थलबाट उडेको केहीबेरमै एक बारमा ठोक्किएको थियो। त्यसपछि दुई तले घरमा बजारिएको जहाज टुक्राटुक्रा भएको छ।

राजधानी नुरसुल्तानका लागि उडेको जहाजमा ९५ यात्रु र पाँच चालक दलका सदस्य थिए। दुर्घटनामा परी कम्तिमा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने जीवितहरूको उद्धार प्रयास जारी रहेको छ।दुर्घटनाको कारणबारे खुल्न सकेको छैन। सेतोपाटी