रौतहटमा चिसो हावा चल्ने गरेका कारण जनजीवन कष्टकर

1714

रौतहट । तराईमा एकासी मौसम परिवर्तन हुदा जाडो बढेपछि रौतहटसहित तराईका जनजीवन प्रभावित भएको छ । विहानैदेखि बाक्लो हुस्सुसँगै चिसो हावा चल्ने गरेका कारण जनजीवन थप प्रभावित बनेको छ ।

जाडो बढेकोले दैनिक कामकाज गर्न समेत समस्या भइरहेको छ । जाडो बढेपछि खासगरी बालबालिका र वृद्धवृद्धाहरु बढि समस्यामा परेका छन् । चिसो बढेसँगै रौतहटका ठाउँठाउँमा आगो ताप्ने व्यवस्था छिटो मिलाउने छ ।
यस्तै ज्याकेट, सुइटर, टोपि, ट्राउजर, हाइनेक लगायतका बाक्लो कपडाको बिक्री पनि ह्यात्तै बढेको स्थानीय व्यवसायीहरुले बताएका छन् । मौसम परिवर्तन हुदा बालबालिकाहरुलाइ न्यानो कपडा लगाउनु पर्छ भने स्थानीय युवा नेता तथा समाजसेवी ओमप्रकाश साह मधेसीयाले जानकारी दिनु भएका छन ।