भुकम्प धक्का महसुस

1753

काठमाडौं । काठमाडौं लगायत विभिन्न ठाउँ ठाँउ आसपासको जिल्लामा बिहीबार साँझ भूकम्पको धक्का महसुस भएको छ ।

आज बेलुका ७ बजेर ११ मिनेट जाँदा काठमाडौं र वरपरका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको सेर्माथाङ केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि यही मंसिर ११ गतेसमेत सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर ५ म्यग्निच्यूडको भूकम्प गएको थियो । बिवरण आउन बाकी छ ।