बम निष्क्रिय पारे लगत्तै नजिकै फेरि अर्को शंकास्पद वस्तु फेला

721

जनकपुर // धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ मा आइतबार राति भेटिएको बम सेनाले सोमबार बिहान निष्क्रिय पारेलगत्तै नजिकै फेरि अर्को शंकास्पद वस्तु फेला परेको छ।

प्रहरीका अनुसार पहिले बम भेटिएको संकटमोचन मन्दिरदेखि दुई सय मिटरजति पूर्व बाह्रबिघास्थित सरस्वती उच्च माविनजिक सडकमा शंकास्पद वस्तु देखिएको हो।

एउटा बम डिस्पोज गरेलगत्तै देखिएको उक्त वस्तु बम हो कि होइन भनेर अहिले सुरक्षाकर्मी अनुसन्धानमा जुटेका छन्।

विद्यालयनजिक सडक बीचमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले अहिेले त्यहाँ आवतजावतमा रोक लगाएको छ।

यसअघि संकमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोछेउमा आइतबार राति ९ बजे बम भेटिएको थियो। जसलाई केहीबेरअघि मात्रै सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो।

यो पनि स् जनकपुरमा शंकास्पद वस्तु स् बम भएको आशंकामा सेनाको डिस्पोजल टोली घटनास्थलमा ९अपडेट०

स्थानीय एक पसलेको पर्खालमा झोलामा राखिएको बम रातभर सुरक्षा घेरा हालेर राखिएको थियो।

यो पनि http://rautahattimes.com/?p=5708

यसअघि धनुषाकै महेन्द्रनगरमा शुक्रबार राति बम विस्फोट हुँदा प्रहरी निरिक्षकसहित तीन जनाको ज्यान गएको थियो। लगत्तै बम भेटिने क्रम जारी रहेपछि स्थानीय त्रसित भएका छन्। नेपालखबर