प्रदेश २ : सांसदले मन्त्रीलाई झापड हाने

1121

जनकपुरधाम । प्रदेश २ का भुमि व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवलाई प्रदेश सभा सदस्य प्रमिला देवी दासले झापड हानेका छन् ।

प्रदेश सभा भवन बाहिर उपभोक्ता समितिहरुले विरोध प्रदर्शन गरिरहँदा कुरा मिलाउन आएका मन्त्री र सांसदबीच भनाभन भएको थियो । सो विवादको क्रममा प्रदेश सांसद दासले राज्यमन्त्री रायलाई झापड हानेका हुन् ।

गत आर्थिक वर्षमा विभिन्न उपभोक्ता समितिहरुले गरेको कामको ८७ करोड रुपैया अझैँ सम्म भुक्तानी नगर्दा उपभोक्ता समितिहरुले नाराबाजी सहित प्रदेश सभा अगाडी धर्ना दिएका थिए ।

राय समाजवादी पार्टीबाट राज्यमन्त्री बनेका हुन् भने दास नेपाली काँग्रेसबाट प्रदेश सांसद बनेका हुन् ।

यद्यपि मन्त्री यादवले अाफु सँग दुर्वव्यवहार मात्र भएकाे बताएका छन् । यता सांसद दासले मैले केहि नगरेको र आफुलाई केहि नभएको बताएका छन् ।Janakpurtime.com