नेकपा सचिवालय बैठक जारी, लगत्तै स्थायी समिति बैठक बस्ने तयारी

701

काठमाडौ ।। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले बसिरहेको छ।

आइतबार बिहान ९ बजेपछि पार्टी कार्यालय (धुम्बाराही) मा सचिवालय बैठक सुरु भएको हो।

बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेका पार्टीको ६ महिने कार्ययोजना, आजै दिउँसो बस्ने स्थायी समिति बैठकका एजेन्डालगायत विषय रहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

२७ गते नै बस्ने तय गरिएको नेकपा सचिवालय बैठक प्रचण्डलाई राजनीतिक प्रतिवेदन लेख्न समय लागेकाले सारिएको थियो।

प्रतिवेदन तयार गर्नकै लागि प्रचण्ड २ दिन खुमलटार आसपासकै अर्को एउटा घरमा गुप्तबास बसेका थिए। उनले १७ पृष्ठ लामो प्रतिवेदन तयार पारेको नेकपा स्रोतले जनाएको छ।

सचिवालय बैठकलगत्तै दिउँसो पार्टीको स्थायी समिति बैठक पनि बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन ।नेपालखबर