गढीमाई -२ मा नेपाली कांग्रेसले मार्‍यो बाजी

649

रौतहट : रौतहटको गढीमाई नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उमेदवार दीपेन्द्र श्रेष्ठ विजयी भएका छन्। ७ सय ७१ मत ल्याएर श्रेष्ठ  विजयी भएका हुन् ।

नेकपा उम्मेदवार जवार मियालाई १ सय ७५ मतको अन्तरले हराउँदै श्रेष्ठ विजयी भएका हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपाका उमेदवार जवार मियाले ५ सय ९६ मत ल्याए ।

समाजवादी पार्टीको तर्फबाट उमेदवार बनेका दिनेश दासले १ सय २२ मत ल्याए । १ हजार ८ सय २२ मत रहेको सो वाडमा २ वटा मतदान स्थलको ३ वटा केन्द्रबाट मतदान भएको जिल्ला निर्वाचन कार्यालय रौतहटका निर्वाचन अधिकारी छोटेलाल दासले जानकारी दिए । त्यस वडामा १ हजार ५ सय ४९ अर्थात ८५.०१ प्रतिशत मत खसेको थियो ।

गढीमाई नगरपालिका वाड नम्बर १ स्थित शंकर गुदर माबि समनपुरमा मतगणना भएको थियो ।२०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनका राजपाबाट निर्वाचित वडाअध्यक्ष जोगी दास तत्माको मृत्यु भएपछि उक्त वडामा निर्वाचन भएको हो।

मृतक जोगी दासका छोरा दिनेश दासले समाजवादी पार्टीको तर्फबाट उमेदवारी दिएका थिए ।