हिंसा जस्तो समाजिक कुरितीलाई अन्त्य गर्न स्थानिय तह जिम्मेवार न हुनु दुखदायीः पत्रकार चञ्चल झा

1130

रौतहट । कार्तिक । रौतहट जिल्लामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कोणसभा सम्पन्न सम्पन्न भएको छ । २८ औँ अन्र्तराष्ट्रिय लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान २०१९ अन्तर्गत आज शुक्रवार रौतहटको ईश्नाथ नगरपालिकामा संचालनमा रहेको क्रिएटिंग स्पेश परियोजनामा अन्र्तगत कोणसभा सम्पन्न सम्पन्न भएको परियोजना संयोजक धर्मेन्द्र कुमार साह बताएको हो ।

“समान्ताको पुस्ता, बलात्कार बिरुद्धको ऐक्यबद्धता’’ नाराका साथ अक्सफाम र ग्रामिण विकास केन्द्र ९च्म्ऋ० नेपालको सहकार्यमा औरैया बजारमा भएको कोणसभामा बोल्दै समाजिक अभियन्ता तथा पत्रकार चञ्चल झा, लैगिक हिंसा न्युनिकरणको लागि आ आफ्नो घरबाटै पहल गर्दा कम हुने बताए । जबसम्म हामी आफ्नो घरबाट हिंसालाई अन्त्य गर्दैनौ तब सम्म हाम्रो समुदायबाट हिंसाको अन्त्य न हुने औल्याँए । हाम्रो समुदायमा अझै पनि लिंगको अधारमा भेदभाव हुने गरेको,महिला हिंसा,घरेलु हिंसा हुदै आएको भए पनि पहिला भन्दा यसमा कमी आएको भन्दा यस्ता घटनाहरु बहिर आउन थालेको बताए ।

यस्ता किसिमका कार्यक्रमहरुले समुदायमा हुने गरेको विभेद ,हिंसा न्युनिकरणमा टेवा पुग्ने भन्दै यस्ता समाजिक कुरितीलाई अन्त्य गर्नको लागि स्थानिय तह जिम्मेवार न हुनु दुखदायी रहेको बताए । सहजकर्ता पुजा जयसवालले संचालन गरेको कार्यक्रममा सामुदायिक छलफल केन्द्रको सहभागीहरु,सहजकर्ता,समाजिक परिचालक,प्रहरी सहित स्थानियहरुको उपश्थिति रहेको थियो ।