राजपा नेपाल रौतहटको जिल्ला अध्यक्षमा ३ जना

1411

रौतहट जिल्लाको सदरमुकाम गौरको ३ ठाउँमा छुट्टाछुट्टै जिल्ला अधिवेशन बाट ३ जना अध्यक्ष पदमा चयन भएको छ।

गौर नगरपालिकाको मेयर अजय गुप्ताको नेतृत्वमा आजै बिहिवार गौर नगरपालिकाको सभाहलमा भएको अधिवेशन बाट राजपाको रौतहट जिल्ला अध्यक्षमा शेख जम्शैदलाई चयन गरिएको छ ।

त्यस्तै प्रदेश सभा सदस्य बाबुलाल साहको नेतृत्वमा सदरमुकाम गौरको श्री रामजानकी धर्मशालामा अधिवेशन भएको थियो ।सो अधिवेशन बाट रौतहट जिल्लाको राजपा जिल्ला अध्यक्षको लागि युवा नेता रामप्रवेश दासलाई चयन गरिएको छ।

भने राजपा अध्यक्ष मन्डलको सदस्य एवं सान्सद अनिल झाको नेतृत्वमा गौर राइस मिलमा भएको अधिवेशन बाट लिला साहलाई अध्यक्षमा चयन गरिएको छ।
बारम्बार अधिवेशनको लागि समय तोकिएको र सहमति न मिल्दा समयमा अधिवेशन न भएको कारणले गर्दा राजपा नेपालको रौतहटले ३ वाट अध्यक्ष चयन गर्नमा बाध्य भएको थियो।