मालपोतको हाकिम महीना देखि कार्यालयमा अनुपस्थित

1115

रौतहट ।। महीना देखि कार्यालयमा अनुपस्थित रहेका मालपोत तथा भूमिसुधार कार्यालय रौतहटका प्रमुख सीताराम थापा सोमवार देखि कार्यालयमा उपस्थित भएका छन ।
बड़ा दशैको फूलपति असोज १७ गति देखि घर गएका कार्यालय प्रमुख थापा ५० दिन पछि मंसिर ८ गते कार्यालयमा उपस्थित भएका हुन ।
लामो समय सम्म घरमा बसेका प्रमुख थापाको कारण कार्यालयको दैनिक मुद्दा मामिलाको कार्य देखि जग्गा खरीद विक्री , नामसारी , दाखिल खÞारिज , लगायतका कामकाज प्रभावित भएको समाचार प्रकाशित भए पछि कार्यालय प्रमुख थापा कार्यालयमा डेढ़ महीना पछि उपस्थित भएको हो ।
प्रमुख अनुपस्थित भएको कारण सेवाग्राहीहरु आक्रोशित भएको थियो । प्रमुख जिल्ला अधिकारी किरण थापा पनि कार्यालय प्रमुखको विरुद्ध गुनासो सुन्दा सुन्दै आती सकेका थिए । प्रमुख जिल्ला अधिकारीले विभागमा अर्को कार्यालय प्रमुख पठाउन आग्रह समेत गरेका थिए १
मालपोत कार्यालय प्रमुख थापाले विदा लिएर घर गएको प्रतिक्रिया दिएका छन । कार्यालय प्रमुख आए पछि कार्यालयका कामकाज शुरू भएको छ ।