महिला भलिबल च्याम्पियनसिप खेलाडीलाई सम्मानित

846

काठमाडौ : सरकारले राष्ट्रिय महिला भलिबल टिमलाई नगदसहित सम्मान गरेको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप विजेता खेलाडीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिबडा र खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीहरुलाई जनही तीन लाख रुपैया प्रदान गरे । गत कार्तिक २८ गते भएको प्रतियोगितामा नेपालले माल्दिभ्सलाई हराउदै उपाधि जितेको थियो । नेपाली महिला भलिबल टोलीको यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।

श्राेत एभिन्युज