प्रदेस नम्बर २ को निजगढमा हुने ‘जनसभा’मा बाराबाट हजाराै सहभागिता गराईने

1240

सिमरा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा )ले मंसिर १० गते निजगढ आयोजना गर्ने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

समृद्धि र बिकासकालागी आयोजन गर्न लागिएको कार्यक्रममा बाराबाट मात्रै ३० हजारको हाराहारीमा जनसहभागिता गराउनेगरी तयारी गरिएको नेकपा बाराका युवा नेता मनोज पौडेलले जानकारी दिए ।

राष्ट्रिय गौरबका आयोजनाहरु निजगढ काठमाण्डौ द्रुतमार्ग, अन्तराष्ट्रिय बिमानस्थल, बिशेष आर्थीक क्षेत्र (सेज), हुलाकी मार्ग लगायतका आयोजना निर्माणको कामलाई प्रभावकारीरुपमा अघि बढाउन र प्रदेस नम्बर २ लाई बिकास र समृद्धिको दिशामा अघि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

प्रदेस नम्बर २ को आयोजनामा हुन लागेको बिशाल जन सभामा प्रदेसका आठ वटै जिल्लाबाट ब्यापक जनसहभागिता रहने भन्दै नेकपा बाराका अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठले कार्यक्रममा बाराबाट मात्रै ३० हजार मानिस भेला गराउने तयारी भैरहेको बताए ।

जिल्लाका १६ वटै पालिका, त्यस अन्र्तगतका वडा कमिटी र जनसंगठनको भेला सम्पन्न गरी जनपरिचालनमा लागिएको नेकपा बाराका सचिब एवम प्रदेस सभाका सदस्य सुन्दर बिश्वकर्माले बताए । निजगढमा रहेको हिरालाल रंगशालामा आयोजना गरिने जनसभामा नेकपा अध्यक्ष एवं पुर्व प्रधानमन्त्रि प्रचण्डलगायत बिभिन्न बिभागिय मन्त्रिहरुले सम्बोधन गर्नेछन् ।

श्राेत ः बारा खबर