नेकपा नेता साहद्वारा अस्पतालकाे उदघाटन

788

रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौरमा आँखा अस्पतालको उदघाटन गरेका छन । नेकपाका प्रदेश न २ कमिटी सदस्य शम्भु साहले रौतहटको सदरमुकाम गौरमा आंखा अस्पतालका उदघाट्न गरेका छन ।

रौतहटको चर्चित रेडियो स्टेशन राजदेबि एफ एमका अध्यक्ष समेत रहनु भएका युवा नेता साहले भिजन नेपाल हेल्थ फाउण्डेशन द्वारा संचालित गौर भन्सार कार्यालय छेउमा खुलेको भिजन नेपाल आंखा अस्पतालको एक भब्य कार्यक्रमका बिच शनिबार उदघाट्न गरेका हुन ।

अस्पतालको उदघाट्न गर्दै नेता साहले उदघाटन अवसरमा नेत्र परिक्षण विशेषज्ञद्वारा आफ्नो आंखाको चेक जांच समेत गराउदै अस्पताल संचालक समुहलाई बधाई सहित उन्नति प्रगति को शुभ कामना व्यक्त गरे।

दक्ष एव बरिस्ठ आंखा रोग विशेषज्ञ एव चिकित्सकहरुको टोलि मिलेर खुलेको यस आंखा अस्पतालमा अत्याधुनिक उपकरणबाट मोतियाबिन्दु ,सहित आखामा आएको विभिन्न जटिल समस्या तथा रोगको सफल उपचार गरिने अस्पताल समितिका सदस्य सन्तोष यादबले बताए ।

आखामा लाग्ने विभिन्न माहामारी र रोगबाट ग्रसित भारतीय र नेपाली जनता लाभान्वित होस भन्ने उदेश्यका खुलेको अस्पतालले आज देखि एक हप्ता सम्मलाई निशुल्क चेकजाँच उपचार गराइने यादबले बताए ।१५ बेडको यो अस्पतालमा गाडी पार्किङ ,बिरामी कुरुवा बस्ने सुबिधा रहेको यादवले बताए । उदघाटन कार्यक्रममा स्थानीय बुधिजिबी पत्रकार ,भद्रभलादमी ,सहित सयकडौको सहभागीता रहेको थियो ।