निर्धकपूर्वक भयमुक्त वातावरणमा छठ पर्व मनाउन मेहताको आग्रह ।

1119

रौतहट १४ कात्तिक ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा नेकपाका नगर कमिटीका अध्यक्ष मोहन मेहताले सम्पूर्ण नगरवासीलाई निर्धकपूर्वक भयमुक्त वातावरणमा छठ पर्व मनाउन आग्रह गरेका छन् ।

विभिन्न पर्व र धर्मको आडमा सम्प्रदायिक बखेडा खडा गरी समाजिक सदभावमा खलल पूर्याउने तत्व आफै परास्त हुदै जाने भन्दै संयमित तरीकाले छठ पर्व हर्षोउल्लासका साथ सम्पन्न हुनेमा आफु विस्वस्त रहेको मेहताको भनाई रहेको छ । पछिल्लो केहि दिन यता ईशनाथ नगरपालिकाको वडा नं.५ मा समाजवादि फोरमका नेता किरण साह निकट केहि व्यक्ति साहको उकसाहटमा सो वडा लगायत नगर क्षेत्रमा समाजिक सदभाव खलल पुर्याई राजनिति लाभ लिन खोजेको आरोप
लगाउदै सो बारे आफुहरु स्थानिय प्रशासन लाई जानकारी गराई सकेको र सो सम्बन्धमा सम्पूर्ण नगरबासी चनाखो रहेको त्यस किसिमको कुनै पनि दुस्प्रयासलाई आफुहरु निरुतसाहित बनाउन सक्षम रहेको वहाँको भनाई रहेको छ । वर्तमानको अवस्थामा जनतालाई विभिन्न किसिमको डर धम्की देखाउनुको सट्टा विकास निर्माणमा जुटि
जनताको विस्वास जितनु नै सरल र सहज तरिका हुने मेहताको धारणा रहेको