धर्मको नाममा किरण साहको राजनिति टिकदैन ः मोहन मेहता

2272

रौतहट १ मंसिर
पछिल्लो केहि समय यता हिन्दु मुस्लिम धर्म प्रति विभेद र्सिजना गरी राजनिति रोटि सेक्दै आएका समाजवादि फोरमका नेता किरण साहको राजनिति कैरियर
धरापमा पर्ने नेकपा का ईशनाथ नगरपालिकाका नगर अध्यक्ष मोहन मेहताले ठोकुवा गरेका छन् । केहि समय यता रौतहट जिल्लाको क्षेत्र नं. २ मा साहको भुमिका एकहोरो रहेको आरोप लगाउदै साहले देखाएको गतिविधिले
वहाँ मुस्लिम विरोधि रहेको मेहताले बताएका छन् । अनेकौं जात धर्मको साझा फुलवारी रहेको नेपालमा कुनै विषेश धर्मको नारा लगाउने राजनितिज्ञ अथवा पार्टिलाई कुनै धर्मका जनताले नरुचाउने वहाँको तर्क रहेको थियो । नेकपा पार्टिले ईशनाथ नगरपालिकामा नगर अध्यक्षको जिम्मेवारी मेहताको काँधमा सुम्पे पश्चात संगठन विस्तारमा सक्रिय भुमिका निर्वाह गर्दै आएका मेहता अहिले सो नगरपालिकाको विभिन्न वडाहरुमा वडा कमिटि गठन लगायत विकास बारे चासो राख्दै स्थानिय नेता तथा कार्यकर्ता भेटघाटमा व्यस्त छन् । सोहि क्रममा नगर भ्रमणको क्रममा भेट हुने स्थानियहरुमा समाजवादि नेता किरण साह प्रति कडा आक्रोस रहेको मेहता बताउछन् । आगामी दिनमा पार्टिले आफुलाई जिम्मेवारी दिए आफु
किरण साह लाई हरेका पाईलामा टक्कर दिने मेहताले दाबी गरेका छन् ।