दोस्रो दिन पनि जारी आलमको बयान

622

रौतहट । राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता मोहमद अफताब आलमको बयान दोस्रो दिन बुधबार पनि जारी छ । जिल्ला अदालत रौतहटको चार नम्बर इजलासमा आलमको बयान जारी रहेको हो ।

न्यायाधीश दिपक ढकालको इजलाशमा आलमलाई मिसिल अनुसार प्रश्न सोध्ने र त्यसको जवाफ लिने कार्य भइरहेको सरकारी वकिल खडिन्द्रराज कटुवालले बताए ।