जानकी मन्दिरमा प्रत्येक बर्ष भव्यताका साथ विवाहपञ्चमी मनाइने

453

जनकपुरधाम, १ मंसिर । यस वर्षको विवाहपञ्चमीमा भारतीय गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई निमन्त्रणा पठाइएको छ ।

भगवान राम र सीताको विवाह भएको दिनको स्मरणमा मनाइने विवाहपञ्चमीका दिन भारतको उत्तर प्रदेशस्थित अयोध्याबाट जन्तीको रुपमा भारतीयहरु आउने गर्छन् । गत वर्ष मात्रै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आएका थिए ।

विवाहपञ्चमीमा जनकपुर आउन नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि निमन्त्रणा दिइसकिएको छ । जानकी मन्दिरमा प्रत्येक बर्ष भव्यताका साथ विवाहपञ्चमी मनाइने गरिन्छ ।