गरीव परिवारका छोराछोरीहरूको सामूहिक विबाह गराउने : सांसद साह

474

रौतहट ।। रौतहट निर्वाचन क्षेत्र नम्बर १ क बाट निर्वा्चित प्रदेश सभा सदस्य बाबूलाल साहले चालू आर्थिक वर्षमा आफ्नो संसदीय विकास कोषको रकम बाट गरीव , आर्थिक अवस्था कमजोर भएका दलित ,मुस्लिम ,आदिवासी ,जनजाति , मधेशीको छोरीको सामूहिक विबाह गर्ने घोषणा गरेका छन ।
मंगलवार रौतहट जिल्लाको गौरमा संचारकर्मीहरु सित कुरा गर्दै नया भिजन नया सोचले विकास निर्माणको कार्य गर्ने लक्ष्य लिएको बताए । गएको आर्थिक वर्षमा गौर नगरपालिका क्षेत्रमा जड़ान गरिएको शुद्ध खानेपानी टयांकी बतानुकूलित फिलटरले ठूलो लोकप्रियता कमाएको प्रति हर्षित हुदै प्रदेश सांसद साहले यस पाली शिक्षा ,स्वास्थ्य , खानेपानी योजना विस्तार , भौतिक पूर्वाधारको क्षेत्रमा कार्य गर्ने योजना बनाएको खुलासा गरे ।
गौरमा भ्यू टावर , घण्टा घरको निर्माणको प्राविधिक कार्य शुरू गरिएकोले चालू आर्थिक वर्षमा संपन्न होने दावी गरे । सुविधा संपन्न स्वास्थ्य सेवा प्रवाह गर्ने मुख्य लक्ष्य रहेको बताउँदै स्तरीय शिक्षाको लागि मेडिकल कालेज , इंजीनियरिंग कालेज स्थापना तर्फ पहल गरिरहेको जनाए ।
जनता सित प्रत्यक्ष सरोकार राख्ने योजना ल्याउने उदेश्य रहेको बताउँदै प्रदेश सांसद साहले सामूहिक विबाहको लागि जिम्मेवारी बहन गरीदिन संचारकर्मीहरुलाई आग्रह समेत गरेका छन । हासिलो अनुहार समेत भएका प्रदेश सांसद साह जनताको चाहना अनुसार कार्य गर्ने आफु तत्पर रहेको जनाए ।
जून कार्यले जनता बढ़ी हर्षित हुन्छ त्यों कार्य गर्ने त्यार रहेको छू उनले भने विकास निर्माणको कार्य साथै सामाजिक ,सांस्कृतिक ,धार्मिक , परम्परा जोगाउने कार्य गर्नुमा जोड़ दिए ।