सांसद साहको रिहाईको मांग गर्दै गौरमा प्रदर्शन

654

जनकपुर,29 असोज // जनकपुर विमान स्थलमा रहेको बुद्ध एयरको काउण्टरमा तोरफोर गरेको अभियोगमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोद साहको रिहाईको मांग गर्दै रौतहटको सदरमुकाम गौरमा राजपाका विधार्थी संगठनले विरोध प्रदर्शन गरेका छन । छटपटाई रहेका विरामीको पीड़ा हेरेर काउंटरमा शोध पूछ गर्न गएका सर्लाही क्षेत्र नम्बर १ का सांसद साहलाइ केन्द्र सरकारले सडयंत्र पूर्वक फसाएको भन्दै राजपाका विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका हुन । विद्यार्थी नेता ओमप्रकाश साह मधेशियाका नेतृत्वमा रहेका राजपा समर्थित विद्यार्थी हरुले टायर बालेर विरोध जनाएका हुन । पक्राउ परेका सांसद साहलाइ अभिलम्ब रिहा नगरिए सरकार विरुद्ध चर्को आन्दोलन गर्ने समेत विद्यार्थीहरुले चेतावनी दिएका छन । यसै विच राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटका जिल्ला संयोजक गीता देवी कुश्वाहाले प्रेस विज्ञप्ति जारी गरी पक्राउ परेका सांसद साहलाइ रिहा गर्न सरकार सित जोड़दार रुपमा मांग गरेका छन । सांसद साहलाइ तत्काल रिहा नगरे कड़ा संघर्षमा उत्रिने समेत विज्ञप्ति मार्फत चेतावनी समेत दिएका छन ।