सशस्त्र प्रहरीले लाख बराबरको पटका पक्राउ

619

रौतहट । सिमा सुरक्षामा रहेको सशस्त्र प्रहरीले बुधवार रौतहटमा एक लाख ६९ हजार १ सय बराबरको पटका पक्राउ गरि नस्ट गरेको छ ।
सिमा सुरक्षा पोष्ट बेलबिछवाले १ लाख ६९ हजार १ सय बराबरको पटका पदार्थ बरामद गरी नष्ट गरेको छ ।

भारतीइ बजार बाट नेपाल ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक अजय थापाको गस्तिटोलीले उक्त पटकाहरु बरामद गरेको हो ।
सुरक्षाकर्मीलाइ देखेपछि व्यापारीहरु पटका भागेको थिए ।

जिल्लाको राजदेवी नगरपालिका ८ बेलबिछवामा जनप्रतिनिधी, संचारकर्मी , सुरक्षाकर्मीको रहोवरमा बरामद गरीएका पटका नष्ट गरीएको स्थानिय युवा नविन कुमार सिंहले जानकारी दिएका छन ।