श्रीमान र श्रीमतीको घरायसी झगडाको कारण १ जनाको मुत्यु

651

रौतहट, ८ कार्तिक । रौतहटको सदरमुकाम गौरमा श्रीमानको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
कार्तिक ४ गते अन्दाजी ५ बजेको समयमा जिल्ला रौतहट गौर नगरपालिका वडा नं. ५, कोईरी टोल बस्ने वर्ष ३५ को ईस्लाम अन्सारीले अत्याधिक मादक पदार्थ सेवन गरी सुत्ने खाटबाट लडी घाईते भएको र जिल्ला अस्पताल गौर उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको भन्ने सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको अनुसन्धान टोलीले घटनास्थल र लाश जाँच मुचुल्का समेतको कार्य सम्पन्न गर्दा उक्त मृतक लाश शंकास्पद देखिएको थियो ।
घटना शंकास्पद देखिए पछि थप अनुसन्धान गर्ने क्रममा निज मृतक ईस्लाम अन्सारी र निजको श्रीमतीको जरिना खातुन विच प्राय घरायसी झगडा पर्ने गरेका कारण श्रीमान श्रीमतीको वादविवाद भएकोमा मृतक ईस्लाम अन्सारीको श्रीमती जरिना खातुनले आवेशमा आई प्लाष्टिकको डोरीले घाँटीमा कसी कर्तव्य गरी मारेको र खुल्न आएको साथै घटना लुकाउनको निमित्त गाँउ घर छर छिमेकमा श्रीमानले मादक पदार्थ सेवन गरी लडेको कारण अस्पताल लैजान हार गुहार गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
अनुसंधान पछि मृतक ईस्लाम अन्सारीको श्रीमती बर्ष अन्दाजी ३५ की जरिना खातुनलाई प्रहरीले कार्तिक०७ गते पक्राउ गरी ज्यान सम्बन्धी कसुर अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ ।