रेलमा आगलागी, ४६ जनाको मृत्यु

733

एजेन्सी,कार्तिक १४ गते। पाकिस्तानमा एक रेलमा आगलागी हुँदा कम्तिमा पनि ४६ जनाको मृत्यु भएको छ ।तेज गाम एक्सप्रेसको उक्त रेल कराचीबाट रावलपिण्डीको बीचमा चल्ने गर्छ । रावलपिण्डी तर्फ जाँदै गरेको सयमा उक्त रेलको तीनवटा डिब्बामा आगलागी भएको थियो ।रहीम यार खान जिल्लाका डीपीओ अमीर तैमुर खानका अनुसार आगलागीका कारण ४६ जना मारिएको पुष्टि भएको छ भने अन्य ४२ जना घाइते भएका छन् ।
रेल मन्त्रीका अनुसार रेलमा यात्रा गरिरहेका यात्रुले रेलमा खाजा बनाउन थालेको बेलामा ग्यास सिलिन्डल विस्फोट भएर आगलागी भएको थियो ।