मोटरसाइकल दुर्घटनामा वरिष्ठ पत्रकार झा घाइते

559

रौतहट । मोटरसाइकल दुर्घटनामा परेर द हिमालयन दैनिक अङ्ग्रेजी पत्रिकाका रौतहट संवाददाता प्रभात कुमार झा गम्भीर घाइते भएका छन् । सदरमुकाम गौरबाट आफ्नो घर दुर्गाभगवती गाँउपालिका–२ मत्सरी जाने क्रममा बुधवार राती करीब आठ बजे मत्सरी गाँउछेउमै उनले चलाएको ना २० प ७७८५ नम्बरको मोटरसाइकल बाटोको खाल्डोमा परेर दुर्घटना भएको थियो । दुर्घटनामा परेर पत्रकार झाको दाहिने हातको हड्डी भाँचिएको छ भने अन्य भागमा पनि चोट पटक लागेको अस्पतालले जनाएको छ । उनको चन्द्रपुर अस्पतालमा उपचार पछि आज थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।