आलममाथिको रौतहट विस्फोट प्रकरण, अनुसन्धानको लागि अन्तिम रुप

540

रौतहट // बम विस्फोटका घाइते, प्रत्यक्षदर्शी, विस्फोटबाट क्षति पुगेको गोठ मर्मत गर्ने कामदार लगायत सम्पर्कमा आएका व्यक्तिसँग बयान लिएर प्रहरीले कांग्रेस संसद एवम् पूर्वमन्त्री मो. आफताब आलममाथिको अनुसन्धानलाई अन्तिम रुप दिने तयारी गरेको छ ।घटनासँग जोडिएका धेरै पात्र फेला परेको प्रहरीले जनाएको छ ।

१२ वर्षअघिको बम विस्फोटमा घाइते भएकालाई जिउँदै जलाएको आरोपमा पक्राउ परेका आलममाथि अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले शुक्रबार तेस्रो पटक प्रहरीलाई थप ८ दिन म्याद दिएको छ ।प्रहरीले तिहारपछि सरकारी वकिलको कार्यालयमार्फत मुद्दा अदालतमा पेस गर्ने भएको छ ।यो समाचार आजको कान्तिपुर दैनिकमा शिव पुरीले लेखेका छन् ।

अघिल्लो सामग्रीशुभकामना आदानप्रदान सम्पन्न
यसपछिको सामग्रीगरिबको सहरा बन्दै सिंह
Avatar
रौतहट उज्यालो प्रा.लि. गौर रौतहटद्वारा संचालित याे रौतहट टाइम्स डट कम नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनु भएकोमा धन्यवाद । समाचारको लागि +977-9855044536 फोन गर्नुहोस् ।