रौतहटको नागरिक समाजद्वारा सर्वपक्षीय चरण बद्ध आन्दोलनको घोषण

1880

अरविन्द कुमार यादव
रौतहट ,२५ आश्विन । नेपाल भारत सिमा खुल्लाउन रौतहटको नागरिक समाजद्वारा सर्वपक्षीय चरण बद्ध आन्दोलनको घोषण गरिएको छ।
रौतहटको सदरमुकाम गौर स्थित रिपोर्ट क्लब नेपाल रौतहट शाखाको साक्षात्कार कक्षमा पत्रकार सम्मेलनमा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रेवन्त झाले बोल्दै भने विगत सात महिना देखि नेपाल भारत १८०० सय किलो मिटर लामो रहेको सिमा बन्द रहेपनि नेपालमा सरकारी कार्यालय ,हवाई उडान ,यातायात इत्यादि खुले भएपनी दैनिकी जीवन बिताउन गाह्रो भएको बताए।

कोरोनाका कारण नेपाल-भारतको सीमा बन्द भएपछि दूबै देशका जनतालाई निकै कठिनाई भइरहेको अवस्थामा सीमा नाका खोल्न आग्रह गर्दै गत आश्विन १८ गते का दिन जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई रौतहटको नागरिक समाजाद्वारा ज्ञापनपत्र बुझाएका थिए।

कोरोनाका कारण इतिहासमा पहिलो पटक नेपाल भारतको सम्बन्धमा तिक्तता आएको भन्दै यस मुद्दामा नेपाल र भारतको निती निमार्ण गर्ने व्यक्तिहरुको गलत सोंच र दिशानिर्देशनका कारण पछिल्लो केहि महिना देखि दुवैतिरको जनतालाई दुःख भोग्न वाध्य बनाएको ज्ञापनपत्रमा उल्लेख गरिएको उनले बताए ।
ज्ञापनपत्रमा भारतमा रोजगारी गरिरहेका लाखौं नेपाली कोरोनाको डरले नेपाल आएपनि अब बन्द सिमानाको कारण भारत जान नपाएर दुई छाक खाना जुटाउन साहुकारको ऋणको बोझले झन बढि मार्कामा परेकोप्रति दुःख व्यक्त गरिएको बताए ।
यस्ता दुख पीडा ,दैनिक जीवन यापन बिताउन गाह्रो तथा मौलिक हक अधिकार सम्बन्धि ऐन भएतापनी हाम्रो ज्ञापन पत्र प्रती नेकपा सरकार कुनै चासो नदेखाएकोमा दुख प्रगट उनले गरे।
एक फरक प्रसङ्गमा भने नेपाल सङ्ग नकुनै मलखाद्यय को उद्योग पनि छैन,कृषि प्रधान नारामा मात्र सिमित भएको देशमा हामी छौ।अहिले आलु, व्याज,चामल अर्थात अतिआवश्यक सर समान सम्बन्धि कुनै उद्योग कलकारखाना पनि छैन।

लकडाउन अवधिमै बाध्य भएर अतिआवश्यक सरसमान तथा औषधि ल्याउन जाने क्रममा रौतहटको लक्ष्मीपुर वेलविछवा र महादेव पट्टि स्थित ४ जनाले ज्यान गुमाएका थिए।
मधेसका अधिकान्श जिल्लामा मुल नाका भएर सिमा आरि पारी आवतजावत गर्न सहज बाताबरण बनाइएको छ तर रौतहट जिल्लामा मुल नाका भएर आवतजावत गर्न शक्त मनाही गरिएको छ,चोर नाका भएर आवतजावत क्रम जारी नै छ ज्यान ज्यु जोखिममा राखी बाध्य बनेका स्थानीय प्रहरी प्रशासन मुख दर्शक बनेको उनले बताए।
हिन्दुहरुको महान चार्ड पर्व दशै,दिपाली र छठ पर्व नजिक्दै जादा आपूर्ति सहज बनाउन सरकार बाट कुनै प्रक्रिया सुरु पनि भएको छैन,पर्व मनाउन भारतमा बसेका दिदी बहिनी दाजुभाइ सङ्ग हाम्रो नाता रहेकोले आउन जान सिमा खुलाउन अति आवश्यक भएको सर्वविददै छ।
सरकार सिमा खुलाउन मैन देखिन्छ यसको बिरोधमा हामी हिजो नागरिक समाजाको अगुवाइमा बैठक बसेका थियो भोलि पर्सि पुनः जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाउने तयारीमा छौ उनले भने।
चरण बद्ध आन्दोलनमा रौतहटको सम्पुर्ण राजनैतिक दलका प्रतिनिधिहरु एकवद्धता जनाएको र सिमा शीत जोडिएको स्थानीय प्रमुख सङ्ग अन्तरक्रिया कार्यक्रम गर्ने उनले बताए ।रौतहटको ५ स्थानीय तह सङ्ग भारतीय सिमा जोडिएको छ।राजदेवी ,गौर,ईशनाथ,परोहा र बौधिमाई नगरपालिका सङ्ग जोडिएको छ।
रौतहटको सम्पूर्ण जनता सङ्ग आन्दोलनमा सहभागी हुन जनता समाजवादी पार्टी नेपाल का नेता रेवन्त झाले आग्रह गरे।