स्वास्थ्य चौकि भवनको उदघाटन

1739

रौतहट १४ असोज ।। रौतहट जिल्लाको बौद्धिमाइ नगरपालिकाका अन्तगर्त रहेका मटिअर्वामा आधारभूत स्वास्थ्य चौकी भवनको उदघाटन गरिएको हो । बौधिमाई नगरपालिका को वडा नम्बर ३ मटिअर्वा टोलमा एक कार्यक्रम का बिच सो भवनको उदघाटन गरिएको हो । बौधिमाई नगरपालिका कि उपमेयर प्रेमलता कुशवाहा र नेकपाका प्रदेश नम्बर २ कमिटी सदस्य त्रिभुवन साह उर्फ अमरजी र वडाध्यक्ष श्रीभगवान पटेलले संयुक्त रूपमा उदघाटन गर्नु भएको थियोे । आज असोज १४ गते बुधबार का दिन रिबन काटेर भवनको उदघाटन गरिएको थियो । सो वडाका वडाध्यक्ष श्रीभगवान पटेलको विशेष पहल र सीडिपी संस्था तथा बौधिमाई नगरपालिकाको संयुक्त लगानीमा आधारभूत स्वास्थ्य चौकी भवनको निमार्ण भएको छ । उक्त भवन निर्माण करिब ३१ लाखको लागतमा भएको वडाध्यक्ष पटेलले जानकारी गराएका हुन् । उदघाटन कार्यक्रमको अध्यक्षता वडाध्यक्ष पटेलले गरेका थिए । वडामा स्वास्थ्य चौकीको भवन नहुँदा समस्या हुन थालेपछि वडाध्यक्षले पहल गरि सो भवन निर्माण गराई आज संचालन गराउनु भएको हो । यस अवसरमा बौधिमाई नगरपालिकाका उपप्रमुख प्रेमलता कुशवाहा संगै निम्ति प्रमुख प्रशासकीय अधिकृत रामईश्वर राय यादव नेकपाका प्रदेश किमिटी सदस्य एवम् बौधिमाई नगरपालिकाका मेयर प्रत्यासी त्रिभुवन साह उर्फ अमरजी,स्वास्थ्य संयोजक राकेश यादव , स्वास्थ्यकर्मी जयमंगल सिन्हा,सहित नगर भरिका स्वास्थ्य चौकि का ईन्चार्जहरूको उपस्थिति रहेको थियो । कार्यक्रम लाई सम्बोधन गर्दै नेकपाका नेता त्रिभुवन साहले नगरभरिको चार वटा वडामा स्वास्थ्य चौकि नरहेको अवस्थामा वडा नम्बर ३ मटिअर्वा बाट सुभम्भ भएको मा वडाध्यक्ष सहित सम्पूर्ण वडावासिहरू लाई धन्यवाद दिनु भएको थियो । र मटिअर्वा यातायात को दृष्टिकोण विकट भएकोले यहाँको बाटो घाटो निर्माण तर्फ नपाका जनप्रतिनिधिहरू लाई विशेष ध्यानाकर्षण गराउनु भएको थियो । यसै बिच वडाध्यक्ष पटेल ले आफनो वडावासि लाई हर सेवा सुविधा पुर्याउन तैयार रहेको भन्दै आफू वडाध्यक्षको नाताले वडाको विकास का लागि दिनरात खटिराख्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।