दुर्गाभगवती गाउँपालिकाले विपन्न परिवारलाई जस्तापाता वितरण

1100

रौतहट । खरका छाना विस्थापित गर्ने भन्दै रौतहटको २ वटा गाउँपालिका मध्ये दुर्गा भगवती गाउँपालिकाले विपन्न परिवारमा जस्तापाता वितरण अभियान थालेको छ । ‘जनता सुरक्षित आवास कार्यक्रम’ सञ्चालन गरेर नगरका वडामा खरका छाना विस्थापनको काम थालिएको अध्यक्ष अरुण कुमार साहले बताए । 

कार्यक्रमअन्तर्गत खरका छाना रहेका परिवारका लागि गाउँपालिकाले जस्तापाता निःशुल्क उपलब्ध गराउने भएको हो ।

गाउँपालिकाले प्रस्ताव गरेका घरमा प्राविधिक खटाएर घरको अवस्था र आवश्यक जस्तापाताका विषयमा लगत सङ्कलन गरेको थियो । तत्कालै परिवर्तन गर्नुपर्ने घरको पहिचान गरेर कर्कट जस्ता वितरण गरेको साहले बताए । शुक्रबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले खरका छाना भएका परिवारका लागि जस्तापाता हस्तान्तरण गरेको छ । जस्तापाता हस्तान्तरण गर्दै अध्यक्ष साहले गरीबीका कारण खरका छाना र वर्षामा घर भत्तको परिवारलाई बस्न बाध्य भएकालाई अनुदान दिएको बताए ।
५० जना परिवारलाई २५० पिस कर्कट जस्तापाता बितरण गरेका छ्न ।