चन्द्रपुरमा चादी नदीको पानीमा एक बेपत्ता

1185

रौतहट ६ साउन । रौतहटको चन्द्रपुर वडा नं. ३ गैडाटारमा चादी नदीको पानीमा एक जना बेपत्ता भएका छन । गैडाटारमा अस्थायी प्रहरी पोष्ट नजिकै रहेको अंकडा बाँधको पानीमा ५८ वर्षिय सुकमान थिङ्ग बेपता भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ । “स्थानिय थिङ्ग बाँधमा आफै हाम फालेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ ।” इलाका प्रहरी कार्यालय चन्द्रपुरका नायब उपरिक्षक हेमबहादुर शाहीले भने “उनी हाल सम्म बेपता रहेकोले स्थानीय र प्रहरीको सहयोगमा खोजी कार्य जारी रहेको छ ।”

चाँदी नदीको पानीलाई सिचाईको लागी प्रयोग गर्न सो बाधको प्रयोग स्थानियले गर्ने गरेका छन । अविरल वर्षाका कारण सो क्षेत्रमा पानीको बहाव तिब्र रहेको प्रहरी नायब उपरिक्षक शाहीले नेपाल मिडियालाई बताए ।  ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर बाट प्रहरी निरिक्षकको कमाण्डमा दश जनाको टोलि लगायत स्थानिय वासिहरु मिलि खोजि कार्य भईरहेको उनले बताए ।

लगातारको वर्षाको कारण रौतहटको बाग्मती, लालबकैंया, चादी तथा झाझ नदीको जलस्तर वृद्धि भएको छ । पानीको सतह बढे पछि रौतहटका केही पालीकाका बस्तीहरु डुबानमा समेत परेका छन ।द नेपाल टाइम्स