आईसोलेसन बेडबाट नेता शर्माले भने कोरोनालाई जितेर म फेरि जनताकै सेवामा समर्पित हुनेछु।

3183

खगेन्द्र हमाल
सुर्खेत,नेपाली काङ्ग्रेसका युवा नेता डोर प्रसाद शर्मा जनताको सेवा गर्दा गर्दै कोरोना संक्रमीत हुदा यतिबेला कर्णाली प्रदेशको स्थानीय तह चिङ्गाड गाउपालिका भैरव मावि अवलचिङ्गको आईसोलेसन कक्षमा उपचार गरिरहेका छन।

राजनीतिक र समाजसेवामा धेरै चासो राख्ने नेता शर्मा भारतबाट आएका नागरिकहरुको उद्दार, व्यवस्थापन,र ब्यक्तिगत सहयोग गर्ने क्रममा उनी संक्रमण भएका थिए।राजनीतिमा फरक बिचार भएका नेता शर्मा विद्यार्थी जीवन देखि नै समाज परिवर्तनका निम्ति केही न केही गर्नैपर्छ भन्ने भावनाका साथ राजनीतिमा होमिएका हुन।

नेता शर्माले भारतबाट आएका चिङ्गाडवासि नागरिकहरुलाई क्वारेन्टाइनमा राख्नको लागि क्वारेन्टाइनको व्यवस्थापनमा विशेष पहल गरेका थिए।त्यतिमात्र नभएर उनिहरुलाई ब्यक्तिगत तर्फबाट पालिकाभित्रका सबै क्वारेन्टाइनमा पुगेर अण्डा,चाउचाउ लगायतका अन्या नास्ताहरु वितरण गरेका थिए।पालिकाभित्र कुनैपनी घटना तथा जनताका समस्याहरुलाई सम्बन्धित निकायलाई सम्बोधन गर्न तर्फ सधै आवाज उठाउने नेता शर्मा जनतालाई दुख परेको खण्डमा उनी जसरिभएपनी जनताको पीडा मर्का बुझ्न उपस्थित हुँदै आएका छन।यतिबेला पालिकाभित्र ९ जना संक्रमीत ब्यक्तिहरु संगै आइसोलेसनमा बस्दै आएका नेता शर्माले भने आफू संक्रमण भएर आईसोलेसनमा बस्नुपर्दा यस्तो महामारीको बेलामा आफुले चाहेर पनि चिङ्गाडबासी जनताहरुको समस्यालाई सम्बोधन गर्न नसक्दा आफु निकै दुखी भएको बताए।चिङ्गाडवासी जनताहरुलाई आफू छिट्टै निको भएर फर्किने र पुन जनताकै सेवामा समर्पित हुने बाचा गर्दै चिङ्गाडवासिहरुलाई विश्व स्वास्थ्य संगठनको नियमलाई पालना गरि अत्यावश्यक काम बाहेक वाहीर घुमफिर नगर्न अनुरोध गरेका छन।

नेता शर्माले भने घरभित्र बसेर पनि भौतिक रूपमा दूरी कायम गर्दै, सामाजिक रूपमा दूरी कम गरी यो समस्या समाधान गर्न रचनात्मक र सिर्जनात्मक योजना बनाई त्यसलाई कार्यान्वयन गर्नेतिर ध्यान दिन सम्बन्धित निकायलाई सुझाव दिएका छन। उनले भने कसैलाई पनि कोरोना महामारी आउला भन्ने थाहा थिएन, त्यसैले पूर्ण पूर्वतयारीको अपेक्षा गलत हो । तर, सबैजसो रोगसँग लड्ने गरी सामाजिक, आर्थिक र राजनीतिक विकास सही ढंगबाट हुन्थ्यो भने एक खालको पूर्वतयारी हुन सक्थ्यो तर सोचेजस्तो र जनताले आपेक्षा गरेजस्तो सम्बन्धित निकायले काम नगरेतापनी केही पनि गरेन भनेर भ्रम फैलाउनु अहिलेको जस्तो जटिल परिस्थितिमा त्यो भन्दा निन्दनीय अरु हुदैन।यसको लागि स्वास्थ्य क्षेत्रको विकास पूर्ण रूपमा हुनु पनि पूर्वतयारीको पाटो हुन सक्थ्यो तर हामीसंग त्यस्तो तयारी गर्ने समय पनि थिएन।

विकास र आर्थिक उन्नतिले गरिब, पिछडिएका र श्रमिक वर्गलाई पनि समेटिएको हुन्थ्यो भने ‘कोरोनाले भन्दा पनि भोकले मर्ने भइयो’ भन्ने नागरिक अभिव्यक्ति सुन्न पर्दैनथ्यो । पूर्वतयारी नगर्ने सरकारप्रति जनताको आशा र गुनासो हुनु स्वाभाविकै हो । त्यसमाथि पनि जिम्मेवार मन्त्री नै महामारीलाई अवसर ठान्दै भ्रष्टाचारबाट व्यक्तिगत ढुकुटी भर्न लागेपछि जनतामा चोट, पिर, मर्काजस्ता मानसिक असर पर्छ र संकटबाट माथि उठ्ने शक्ति रेजिलियन्स कमजोर बन्न सक्छ । सामाजिक, आर्थिक, राजनीतिक रूपमा पछाडि परेका र पारिएका समुदायलाई महामारीले अझ धेरै विचलित बनाउन सक्छ । तिनको स्थितिलाई मध्यनजर गर्दै, उनीहरूलाई दयनीय अवस्थाबाट माथि उठाउन सहयोग गर्न गाउँपालिकाको ध्यानाकर्षण हुन जरुरी भएको बताए।