भारतमा ४ लाखभन्दा बढीमा कोरोना संक्रमण, १३ हजारभन्दा बढीको मृत्यु

683

काठमाडौं – भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३०७ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १३ हजार २७७ पुगेको हो ।

एकै दिन १५ हजार ९१५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा संक्रमितको ४ लाख ११ हजार ७२७ पुगेको हो ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये २ लाख २८ हजार १८१ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।