भारतमा रेलले किचेर १६ मजदुरको मृत्यु

1263

भारत : भारतको महाराष्ट्रमा रेलले किच्दा १६ मजदुरको मृत्यु भएको छ । पाँच जना गम्भिर घाइते भएका छन । महाराष्ट्रको औरंगाबाद कर्माड स्टेशनको लिग नजिकै बसिरहेको अवस्थामा उनीहरुलाई आज विहान सवा पाँच बजेतिर रेलले किचेको हो । रेलले किचेका सबै मजदुर औरंगाबादको एक स्टील उद्योगमा कार्यरत थिए । भुसावलतर्फ जाने रेल कुरिरहेका उनीहरुलाई रेलले किचेको हो ।

दुर्घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । रेलमन्त्री पियुष गोयलले घटनाको वारेमा अनुन्धान भैरहेको बताएका छन ।