मौलापुरको पतौरामा पुरातात्वीक शिव मन्दीरको राष्ट्रपतिद्वारा शुभारम्भ पछि

2228

रौतहट ।। रौतहटको मौलापुर नगरपालिकामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ मा पर्यटन प्रवद्र्धनमा लगानी गर्न जरुरी रहेको बताउनु भएको छ । मौलापुरमा मधानी महायज्ञको शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले प्रदेश नं २ मा उत्पादन र पर्यटनका थुप्रै सम्भावना रहेको बताउदै, प्रदेश सरकारले उत्पादन वृद्धि र पर्यटन प्रवद्र्धनलाई जोड दिएर समृद्ध प्रदेशको आधार बन्न सक्ने बताएका छन ।
रौतहट पूर्व पश्चिम राजमार्गसँग जोडिएकाले यहाँ पर्यटन पूर्वाधार बनेमा पर्यटकको आकर्षण झनै बढ्ने राष्ट्रपति भण्डारीको भनाइ छ । बाराको निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनेमा विदेशी पर्यटक आउन सहज हुने राष्ट्रपति भण्डरीको तर्क रहेको थियो ।
राष्ट्रपति भण्डारीले, निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउन स्थानीयले गरेको सहयोगले राज्यलाई बल पुगेको भन्दै, ‘निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउन स्थानीयको साथ र सहयोग रहेको पाइएको छ, यसले राज्यलाई बल प्राप्त भएको हुनाले यथा शिघ्र निमार्ण हुनेमा विश्वास व्यक्त गर्नु भयो ।
मधानी महायज्ञले स्थानिय संस्कृतीको जगेरर्ना गराउन सफल हुने समेत राष्ट्रपति भण्डारीले भन्नु भयो ।
आज देखि मौलापुरको पतौरामा रहेको पुरातात्वीक शिव मन्दीरको पशुपति नाथ पुजारीबाट विवित रुपमा राष्ट्रपतिले पुजाअर्जा गरि शुभारम्भ गर्नु भएको हो ।