४ जना साथी मिलेर सोसल नेटवर्किङ प्लेटफर्म द फेशबुकको सुरुवात गरेपछि

1844

एजेन्सी // ४ फेब्रुअरि सन २००४ मा मार्क जुगरबर्ग र हावर्ड युनिभर्सिटीका उनका चारजना साथी मिलेर सोसल नेटवर्किङ प्लेटफर्म द फेशबुकको सुरुवात गरेका थिए । अहिले फेशबुक सुरु भएको १६ वर्ष पुरा भएको छ । यसै वर्ष फेशबुकले १६ औं जन्मदिवस मनायो । यहि विचमा फेशबुकलाई केही आरोप पनि लाग्यो । कम्पनिका डाटा प्राइवेसीसंग सम्बन्धित केही विवाद पनि भयो । यावत टिका टिप्पणीको वावजुत पनि अहिले फेशबुकमा २ बिलियन युजर्स जोडिएका छन् ।

फेशबुक बनाउनु अघि मार्क जुगरबर्गले फेशमास बनाएका थिए । सन २००३ मा जुगरबर्गले युनिभर्सिटी डेटाबेस ह्याक गरेर केही फोटो चोरेर उनले वेभसाइटमा अपलोड गरेर लाईभ गरिदिएका थिए । पछि हावर्ड प्रशासनले वेभसाइट शटडाउन गरेर मार्क जुगरबर्गमाथी सुरक्षा भंग गरेको आरोप लगाए । कपीराइट उलंघन गरेको र व्यक्तिगत गोपनियता उलंघन गरेको आरोप लगायो । पछि उक्त आरोपवाट जुगरबर्गले सफाई पाए ।

त्यहि वर्षको मार्चमा द फेशबुक आइवी लीग युनिभर्सिट र कोलम्बियामा भाइरल भैसकेको थियो । सन २००५ अगस्तमा आफ्नो डोमेन नामवाट ‘द’ भन्ने शब्द हटाए र दुईलाख डलरमा अबाउटफेश कर्पोरेशनवाट फेशबुक डटकम नामको डोमेन खरिद गरे ।

२००५ सम्ममा फेशबुकको विस्तार युकेको युनिभर्सिटीमा विस्तार भएको थियो भने फोटो अपलोड गर्ने फिचर पनि सुरु भैसकेको थियो । फोटो राख्ने फिचर सुरु गर्दासम्म ६ मिलियन युजर जोडिइसकेका थिए ।

सन २००६ मा महत्वपूर्ण फिचर लञ्च गरे । सुरुमा फेशबुकमा इमेल एड्रेस राखेपछि १३ वर्ष उमेर पार गरेका जो सुकै व्यक्ति सहभागी हुन सक्थे । फेरि अर्को फिचर थपियो फेशबुक नोट्स । जुन फिचर कवि एवं लेखकको विचमा काफी लोकप्रिय भयो ।

फेशबुकमा जोडिनेहरु क्रमश बढ्दै गए । सन २०१२ अप्रिलमा फेशबुकले १ बिलियन डलरमा इन्स्टाग्राम खरिद ग¥यो । सन २०१४ फेब्रुअरिमा १६ बिलियन डलरमा ह्वाट्सअप अधिग्रहण ग¥यो ।