सन्दीप सम्मिलित मेलबर्नले एडिलेडसँग प्रतिस्पर्धा गर्दै

1707

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा आज (बुधबार) लिगको १३ औँ खेल खेल्दै छ । प्रतियोगितामा बलियो टोलीको रुपमा रहेको मेलबर्नले एडिलेड स्ट्राइकर्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

एडिलेडको घरेलु मैदानमा हुन लागेको खेल नेपाली समय अनुसार अपरान्ह १ः५५ मा सुरु हुनेछ । आजको खेलमा सन्दीप प्लेईङ सेटमा पर्ने सम्भावना बलियो छ । आजको खेलका लागि मेलबर्नले घोषणा गरेको १३ सदस्सीय टोलीमा सन्दीप छन् ।

प्रतियोगिताको १२ खेल खेलेको मेलबर्न १० खेलमा जित र दुई खेलमा हारसँगै तालिकाको शीर्ष स्थानमा छ । एडिलेड ११ खेलमा ६ जितसहित १३ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ ।  यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका सन्दीपले ११ खेलमा १४ विकेट हात पारिसकेका छन् ।