सिम्ता गाउँपालिका पशु शाखा राकमको आयोजनामा पशु स्वास्थ्य शिविर सम्पन्न

2127

खगेन्द्र हमाल ।। जनतासँग सिम्ता गाउपालिका अन्तर्गत सिम्ता गाउपालिका पशु शाखा राकमकाे याेजनामा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ।माघ ३ गते वडा न १ घाेरेटा,माघ ४ गते वडा नं २ काफलकाेट,माघ ४ गते वडा नं ३ झ्याम र माघ ५ गते वडा नं ४ नाडमा पशु स्वास्थ्य शिबिर सम्पन्न भएको छ।

उक्त शिविरमा पहिलो दिन घाेरेटामा शिबिर उद्घाटन कार्यक्रम भएको थियोे।पशु शाखाका प्रमुख दिल बहादुर पुनले सिम्ता गाउपालिकाले जनतासँग सिम्ता गाउपालिका कार्यक्रम भित्र नागरिकको स्वास्थ्य शिविर घरदैलोमा गएर गर्दै अाएकाे र अबदेखि बेलाबेलामा पशु स्वास्थ्य शिविर संचालन गरि नागरिकको अाय अार्जनमा वृद्धि गर्ने लक्ष्य समेत रहेकाे पालिका कर्मचारी चन्द्र बहादुर शाहीले बताउनुभयो ।

२ नं वडाकाे शिविर उद्घाटन गर्दै वडा अध्यक्ष हरिबहादुर सिहले अबदेखि पशु स्वास्थ्य शिविरकाे संख्या बढाएर टाेलटाेलमा गएर पशुकाे स्वास्थ्य सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।वडा नं ३ का वडा सचिव तेज बिक्रिम सिहले शिविरले पशु र नागरिकको स्वास्थ्य सुधारमा सहयोग गरेकाे बताउनु भयो।शिविरमा पशु शाखा प्रमुख दिल बहादुर पुनकाे नेत्रृत्वमा पशु प्राविधिकहरू बल बहादुर राना,बिरेन्द्र चन्द,वकिल बहादुर विक,काशिराम शर्मा,कमला छन्त्याल र का स राम बहादुर विसि खटिनु भएको शाहिले जानकारी दिनुभयो ।

शिविरमा ६७६५ वटा खसी बाख्रा,९०६ वटा गाई गाेरू,३७१ वटा राँगा भैंसी र ९३९ वटा कुखुराकाे उपचार तथा स्वास्थ्य परिक्षण गरिएको थियो भने ५१ वटा कुकुरलाई रेविज विरूद्घकाे खाेप लागिएको थियो।बाकी रहेका वडाहरूमा चैत महिनामा पशु स्वास्थ्य शिविर गर्ने सिम्ता गाउँपालिका कार्यलय कर्मचारी चन्द्र बहादुर शाहिले जानकारी गराउनु भयो।