ईशनाथ नगरपालिकाको सहज बनाउन : गुप्ताकाे जिम्मा

1189
फाइल फाेटाे

गौर,२२ कात्तिक । रौतहट जिल्लाको अन्तर्गत रहेका ईशनाथ नगरपालिकाको सहज बनाउन नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मा नन्द किशोर गुप्ताले पाएपछि स्थानीयले नगरबाट पाउने सेवा लिन गौर जानुपर्ने बाध्यता हटेको हो । २०७६ बैशाख ३ गते ईशनाथ नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मा गुप्ताले पाएपछि नगरबाट हुने सबै काम नगरबासीले सहज रुपमा पाउन थालेका हुन् ।
गुप्ता नगरपालिकामा हाजिर भएपछि सबै काम सुन्यबाट सुरु भएको हो । नगर प्रमुख सन्तोष मेहता र गुप्ताको प्रयासबाट नगरपालिकाले बिकासको गती लिन थालेको स्थानीयको भनाइ रहेको छ । नगरमा रहेका स्वास्थ्य ,शिक्षा लगाएतका क्षेत्रमा रहेको बिकृती हटाउने काम सुरु भएपछि कर्मचारीले समेत मन लगाएर काम गर्न थालेको नगरबासीले बताएका छन् । गुप्ता आएपछि ईशनाथ नगरपालिकामा सरकारले तोकेकै समयमा नगरसभा सम्पन्न भएको स्थानीय बासिन्दा किशोरी यादवले बताए ।
नगरपालिकाको कार्यालयमा कर्मचारी नजाने र सदरमुकाम गौरबाटै काम हुने नगरको परिचय बनाएको ईशनाथ नगरपालिकाले जिल्लाका १८ वटा स्थानीय तह मध्य सबैभन्दा पहिला आन्तरिक लेखा परिक्षण गरेर राम्रो काम गरेको स्थानीय बासिन्दा यादवको भनाई रहेको छ । पछिल्लो समय नगरको सबै काम नगरपालिकाको कार्यालयबाट हुन थालेपछि स्थानीयले समेत सहजताको महसुस गरेका छन् । सुन्यमा रहेको नगरपालिकाको राजश्व समेत आफ्नो पहलबाट उठन थालेको प्रमुख प्रशासकिय अधिकृतको गुप्ताको भनाइ रहेको छ ।