पार्टी भित्र मतभेद सृजना गर्ने कार्य :राज्य मंत्री यादव

1115

राकेश यादव , ३० असोज समाजवादी पार्टी नेपालका पूर्व रौतहट जिल्ला कार्य समितिको उपाध्यक्ष श्याम विहारी यादवले प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मंत्री यादव पार्टी विध्वंस गर्न खोजेको आरोप लगाएका छन ! उहाले राज्य मंत्री यादव अरु माथि कांग्रेसी रहेको आरोप लगाउदै हिडिरहेको भन्दै आफै पार्टीको उमेदवारलाइ हराउने कार्य गरेको राज्य मंत्री यादवको कार्य शैलीको कारण पार्टी कमजोर हुनु बताए । स्थानीय निर्वाचनमा राजदेवी नगरपालिकाका नगर प्रमुख रामेश्वर यादवलाइ पराजित गर्नको लागि नेपाली कांग्रेसको उम्मीदवार सित मत विक्री गरेको समेत यादवले खुलासा गरेका छन । पार्टीको उमेदवारलाइ हराऊंन राज्य मंत्रीले दोहरो रोल निर्वाह गरेको समेत दावी गर्दै यादवले रौतहटमा पार्टी भित्र मतभेद सृजना गर्ने कार्य समेत गरेको उल्लेख गरेका छन । स्थानीय निर्वाचनमा राज्य मंत्री यादवले नेकपा एमालेका उम्मीदवार , नेपाली कांग्रेसका उम्मीदवार तथा पार्टीका उम्मीदवार सित रकम लिएको समेत उनले बताएका छन । निर्वाचनमा नेपाली कांग्रेसका उम्मीदवार विजयी भएका थिए भने एमाले र फोरमका उम्मीदवार पराजित भएका थिए । आफ्नो स्वार्थको लागि समय परेको बेला खुट्टा समाउन पछि समेत हटने राज्य मंत्री यादवले प्रदेश सरकारको योजनामा समेत विभेद गरेको बताएका छन ।