जिल्ला समन्वय समिति राैतहटको पाँचौ जिल्ला सभा सम्पन्न

146

राैतहट ।। जिल्ला समन्वय समिति राैतहटको पाँचौ जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला सभा जिसस राैतहटका प्रमुख रामअयाेध्या राय यादवको अध्यक्षता एवम् प्रदेश सांसद कृष्ण यादवकाे प्रमुख आतिथ्यतामा बिहिबार सम्पन्न भएको हो ।

सभाले जिल्ला समन्वय समितिको आगामी नीति कार्यक्रम तथा बजेट समेतकाे चर्चा गरेको थियो । जिल्ला सभाका अवसरमा राैतहटका १८ वटा स्थानीय तहमध्ये उत्कृष्ट काम गर्ने स्थानीय तहलाई सम्मान समेत गर्ने जिससका प्रमुख राम अयाेध्याले जानकारी दिनुभयाे ।
कार्यक्रममा गाैर नगरपालिकाका नगरप्रमुख शम्भु शाह, बाैधीमाई नगरपालिकाका नगरप्रमुख प्रदिप यादव , प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश यादव ,लेखा पाल बिबेक सहनी ,पत्रकार साथै समितिका अन्य सदस्यहरूको सहभागिता रहेको थियो ।