विद्यालयको भवन पेन्ट प्रअले चोरी गरी लगिरहेको अवस्थामा पक्राउ

168

रौतहट । सर्लाहीको बलरा नगरपालिका वार्ड नं ४ मा रहेको श्री रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयको प्रधानाध्यापक बीरेन्द्र झा र शिक्षक हरिश्चन्द्र मलिक मिली विद्यालयको भवन पेन्ट गर्नको लागी ल्याएको पेन्ट आफ्नो घर रौतहट लग्ने क्रममा पक्राउ परेका छन् ।

बलरा नगरपालिका वार्ड नं ४ को वडा अध्यक्ष मणिभूषण सिंहले बलरा चौकमा जे. एच ०१ एबी ९१२७ नम्बर भारतीय स्कोरपियो गाडी रोकी हेर्दा २० लिटर पेन्टको मात्रा भएको १० वटा बाल्टिनसहित पक्राउ गरी सिमा प्रहरी चौकी बलराका सई मोहन मणि कटुवाललाई बुझाएका छन् ।

वडा अध्यक्ष सिंहको अनुसार यी शिक्षकहरु पहिला पनि विद्यालयको सर-समान चोरी लाने गरेको र आज पनि लगिरहेको सूचना पाउना साथ आफु चौकमा बसी चोरी गरेको समान सहित गाडी चालक र हेडमास्टर सहित सिमा प्रहरी चौकीमा बुझाएको छु ।

प्रधानाध्यापक बीरेन्द्र झा रौतहटको माधवनारायण नगरपालिका वाड नं. ५ मिठूअवा गाँउ निवासी अजय साहको गाडी भाडा गरी लगेका थिए । पहिला देखी प्रधानाध्यापक बीरेन्द्र झा आफ्नो मनपरी गर्दै आएको कुरा धेरै विद्यार्थीले गुनासो गरेको थियो ।

बीरेन्द्र झा बिद्यालयको भवन निर्माणको लागी ल्याएको सामग्री रौतहटको शिवनगरमा रहेको आफ्नो घर निर्माणमा प्रयोग गर्ने गरेको र त्यस्तै हरिश्चन्द्र मलिकको रौतहट गरुडा नपा ७ मा रहेको अधुरो घर पेन्ट गर्न दुबै मिली लगिरहेको बलरा नगरपालिकाको स्थानीयहरुले बताए ।