प्रादेशीक गौर अस्पतालमा डाक्टर कृष्णा साह रहुन्जेल विकास हुन नसक्ने :- मेयर साह

524

रौतहट ।। गौर नगरपालिकाका नगर प्रमुख शम्भू साहले मधेश प्रदेश सरकारको कारण रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पताल गौरको अवस्था दयनीय हुदै गएको आरोप लगाएका छन । नेकपा एकीकृत समाजवादी पार्टीका बर्गीय संगठन समाजवादी प्रेस संगठन नेपालको प्रथम स्थापना दिवसको अवसरमा जिल्ला कार्य समिति रौतहटले आयोजना गरेको फलफूल वितरण तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट सम्वोधन गर्दै मेयर साहले प्रादेशिक अस्पताल गौरको मेडिकल सुप्रीटेंडेंट डाक्टर कृष्णा साहको कारण रौतहटका जनताले उपचारमा सास्ती भोग्नु परेको बताए ।

नया संरचना अनुसार गौर अस्पताल मधेश प्रदेश सरकारको सामिजिक विकास मंत्रालयको मातहतमा रहेकोले सामाजिक विकास मंत्रालयले डाक्टर साहलाइ सरुवा नगरी प्राथमिकता दिएर राखेको कारण जनशक्ति हुडा हुदै पानी आम नेपाली जनताले स्तरीय उपचार पाउन नसकेको आरोप समेत लगाए । जिल्ला अस्पतालमा बार्षिक आमदनी राम्रो भएपनि सरसफाईको अवस्था दयनीय रहेको उल्लेख गर्दै मेयर साह ले मेसु कृष्णा साहलाइ सरुवा नगरे सम्म उपचार संभव नहुने दावी गरे ।

अस्पतालमा सरसफाई नहुँदा अहिले सम्म ५० बटा भन्दा बढ़ी संख्यामा विषालु सर्प अस्पताल भित्र देखा परेको बताए । उपचार गराउन आएका विरामीको कुरुवालाइ समेत अस्पताल भित्र आकस्मिक कक्षमा टोकेको बताए । प्रादेशिक अस्पतालमा अ‘ाक्सीजनको सुविधा हुडा हुदै पनि सञ्चालनमा नल्याउनु दुखद भएको भन्दै डाक्टर साहको सरुवा नगर सम्म अस्पतालको अवस्था सुधार गर्न कठिन भएको भन्दै मेयर साहले अनुभवी र दक्ष चिकित्सकको व्यवस्था गर्न मांग समेत गरे ।

गौरको डिजिटल विकास गर्न आफु तत्पर रहेकोले सहयोग गर्न संचारकर्मीहरुलाई समेत आग्रह गरे । देशकै सवाई भन्दा पुरानो विद्यालयको रुपमा स्थापना भएको जुद्ध मा वि लाइ सुधार गर्न प्रयासरत रहेको जनाए । विद्यालयमा करीब ३९ लाख भन्दा बढ़ी रकम अनियमितता भएको छानविन समितिको प्रतिबेदनबाट देखिन आएकोले छिटै कÞानूनी कार्यवाहिको प्रक्रिया अगाडी बढाउने तयारी भैरहेको समेत जानकारी गराए ।

दिनेश संगमको अध्यक्षतामा भएको अन्तर्क्रिरया कार्यक्रममा समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य शैलेन्द्र गुप्ता ,प्रेमचन्द्र झा , मधेश प्रदेश समितिको उपाध्यक्ष प्रवीण कुमार शर्मा , बरिष्ठ पत्रकार प्रभात कुमार झा , नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति सदस्य शैलेन्द्र झा , नेपाल पत्रकार महासंघ रौतहट शाखाका कोषाध्यक्ष धर्मेन्द्र कुमार साहले आ आफ्नो मन्तव्य राखेका थिए । स्थापना सिवसको अवसरमा प्रादेशिक अस्पताल गौरमा रहेका ३५ जना विरामीहरुलाई फलफूल समेत वितरण गरिएको थियो ।