नागरिकता विधेयक फिर्ता गर्नु विभेद गरेको : मधेस प्रचारप्रसार प्रमुख गुप्ता

677

रौतहट । नेपाली कांग्रेस रौतहट आयोजनामा नागरिकता विधेयक विरुद्धमा गरुडा नगरपालिकाको गौर चपुर जाने बाटो ३० : मिनेट चक्का जाम गरि विरोध जनाएका छन । यस कार्यक्रमको नेतुत्व जिल्लाका बरिस्ठ नेता हृदय नारायण यादब ज्युको कार्यक्रम अध्यक्षतामा कोण सभा बोल्दै अभिलम्ब नागरिकता विधेयक प्रमाणीकरण नगरे मधेसमा भीषण आन्दोलन हुने चेतावनी दिएका छन ।

यस्तै मधेस प्रदेश सदस्य एवम सूचना सचार तथा प्रचारप्रसार विभाग प्रमुख नितिश कुमार गुप्ता ज्युले नेपाली जनताको मधेस प्रदेशमा लाखौं हजारौं नागरिक अधिकार बाट बन्चित गरेको यस दु:खद भएको , नागरिक सग विभेद गरेको भन्दै आलोचना गर्नु भएको संसदको मर्यादा अधिकार क्षेत्रलाई अपमानित गरेको भन्दै आपत्ति जनाएको छ ।

यसै पुर्व उप सभापति सुनिल कुमार यादब ज्युले यो जन्म सिद्ध नगरिकका छोराछोरीहरुको घरबिहिन अधिकार राज्यको सेवा सुविधा बन्चित हुने भएको बताउनु भयो ।

यसै क्रममा क्षेत्रीय-१ को सभापति श्री राम यादब , क्षेत्रीय- ४ को सभापति रामसेनेही यादब क्षेत्रीय सर्फ लाल गुप्ता लगायतका वक्तहरु खेद प्रकट गर्दै विरोध जनाउनु भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति भण्डारीकँहा पुगेको विवादास्पद नागरिकता विधेयक फिर्ता भएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ती जारी गरेर संघीय संसदबाट विधेयक पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा ३ आनुसार विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइएको जनाएका छ ।

नेपाली कांग्रेस रौतहटले विभिन्न किसिमका नारा बाजि गर्दै गरुडा बजारमा विरोध चक्का यातायात जाम गर्दै कार्यक्रम समपन्न गरेको थियो । युमाई गाउँपालिका सभापति सिताराम यादब , वडा सभापति हरिन्द्र कुमार , माहाधिवेशन प्रतिनिधि राम कृष्ण चोधरी लगायतका नेताकार्यकर्ताहरु विशेष उपस्थिति थियो ।