राजपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले लिए शपथ

163

रौतहट । राजपुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले मंगलबार शपथ लिएका छन् ।

राजपुर नगरपालिकाका नवनिर्वाचित मेयर डा. मो. राजिक आलमले नवनिर्वाचित उपमेयर, वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् ।

राजपुर नगरपालिकाका स्थित प्राथमिक स्वास्थ्य केन्द्रको सभाकक्षमा निर्वाचित जनप्रतिनिधिहरुलाई ईश्वर, देश र जनताको नाउँमा शपथ खुवाइएको मेयर आलमले बताए ।