सर्लाहीमा बसको ठक्करबाट एक जनाको मृत्यु

86
सांकेतिक तस्वीर

सर्लाही– सर्लाहीको मलंगवामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मलंगवा नगरपालिका–१२ मा आइतबार बसको ठक्करबाट सर्लाहीको कविलासी नगरपालिका–९ बस्ने ५८ वर्षीय शंकर रायको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका रायको उपचारका क्रममा मलंगवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको भारतीय नम्बरको मिनी बसले राय सवार साइकललाई आइतबार मध्यान्ह ठक्कर दिएको थियो  । बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।