दुर्गा भगवती गाउँपालिका वार्ड न ३ मत्सरीमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

165

रौतहट । रौतहट जिल्लामा २ वटा गाउँपालिका मध्ये दुर्गा भगवती गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ । सामाजिक सुरक्षा भत्ता लिई रहेका ७० बर्ष उमेर भन्दा माथिका बृद्ध बृद्धालाइ सम्मान गर्ने उदेश्यले अध्यक्ष अरुण कुमार साहले यस्तो अभियानको शुरुवात गरेको हो । सन्तानले आफ्नो बुवा आमालाइ बृद्ध अवस्थामा सम्मान गरोस भन्ने लक्ष्य लिएर अभियान शुरु गरेको दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष साहले बताएका छन् ।

दुर्गा भगवती गाउँपालिका वार्ड न ३ मत्सरीमा शनिवार आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रममा सम्वोधन गर्दै अध्यक्ष साहले गाउँपालिका भरिका जेष्ठ नागरिकलाइ सम्मान गर्ने कार्यक्रम रहेको बताए ।

बृद्धा अवस्थामा रहेका अभिभावकलाइ अपमान नगरी सम्मान गर्नु पर्ने संदेश यो अभियानले दिने प्रस्ट पारे । करिव हजाराैं भन्दा बढी संख्या रहेको जेष्ठ नागरिक महिला पुरुषलाइ कम्बल , चमनपर्स , टर्च , दोसल्ला प्रदान गर्ने निर्धारण गरिएको उल्लेख गर्दै जेष्ठ नागरिकलाइ चिसोबाट जोगिनको लागि न्यानो कपडा बितरण गरिएको बताए ।

वडा अध्यक्ष डिके झाको अध्यक्षतामा भएको सो कार्यक्रममा २६० जना जेष्ठ नागरिक महिला पूरुषलाइ उक्त सामग्री दिएर सम्मान गरिएको थियो । सम्मान पाएका जेष्ठ नागरिकहरुले गाउँपालिका अध्यक्ष साहको कार्य सरहानिय रहेको भन्दै खुशी व्यक्त गरेका छन् । गाउँपालिकाबाट पाएको कम्बल र दोसल्लाबाट चिसो छल्न सहयोग पुग्ने उहाहरुको भनाइ रहेको छ ।