दुर्गा भगवती गाउँपालिकामा जेष्ठ नागरिक सम्मान

245

रौतहट ।। रौतहटको दुर्गा भगवती गाउँपालिका गङा पिप्रा रौतहटका अध्यक्ष अरुण कुमार साहको प्रयासमा गाउँपालिकाका ५ वटै वडामा जेस्ठ नागरिक सम्मान कार्यक्रम हुँदै छ । सो कार्यक्रमको शुरुवात आज वडा नम्बर ०२ बाट भएको छ । गाउँपालिका अध्यक्ष साह तथा वडा नम्बर ०२ का वडा अध्यक्ष सुरेश चौधरीले सन्युक्त रुपमा वडाका जेस्ठ नागरिकलाइ ब्ल्यान्केट १ थान , दोसल्ला १ वटा , टर्च १ वटा तथा च्यवनप्राश १ किलोका दरले बितरण गरि जेस्ठ नागरिकलाई सम्मान गर्नु भएको छ । सो वडामा जेष्ठ नागरिक सम्मान कार्यक्रममा २सय ७१ जना जेष्ठ नागरिकलाई समान गरेको छ । गौर नगरपालिका पछि गाउँ पालिकाले जेस्ठ नागरिकलाई सम्मान गरेको नक्कल गरि बितरण कार्य शुरु गर्नु भएको हो कि भन्ने प्रश्नमा गाउँपालिका अध्यक्ष साह भन्नू हुन्छ , कतिपय पालिका अहिले आएर योजना रकमान्तर गरेर जेस्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरेको सुनेको छु तर हामिले २०७८ असार मै बजेट बनाउने बेला गाउँपालिकाका प्रत्येक जेस्ठ नागरिकलाइ सम्मान गर्ने भनेर गाउँसभा बाट बजेट बिनियोजन गरेका थियौ । त्यसै अनुरुप अहिले आएर जेस्ठ नागरिक माझ आएका छौ । जेस्ठ नागरिकको स्वास्थ्य बिमा निशुल्क रहेकोले गाउँपालिकाका हरेक जेस्ठ नागरिकलाइ स्वास्थ्य बिमा गराइ सुबिधाको उपभोग गर्न अध्यक्ष साहले अनुरोध गर्नु भएको छ । शनिबार वडा नम्बर ०३ मत्सरिका जेस्ठ नागरिकलाइ दोसल्ला ब्ल्यानकेट टर्च तथा च्यवनप्राश उप्लब्ध गराइ सम्मान गर्ने कार्यक्रम रहेको छ ।