चिसो बढ्ने क्रम जारी

168

रौतहट ।। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराईसहितका भू–भागमा चिसो बढ्ने क्रम बढेको बताएको छ । महाशाखाका अनुसार तराईका भू–भागहरूमा बिहानको समयमा हुसु÷कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रम जारी छ । महाशाखाले हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव नरहेपनि पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको बताएको छ । आज दिउँसो रौतहट ,बारा,पर्सा,सलार्ही ,बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली हुँदा पहाडी तथा हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । आज राति देशभर आंशिक बदली रहने छ ।