प्रदेश २ का जिल्लाहरूमा लोसपा अध्यक्ष चयन

117

धनुषा // लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रदेश २ का विभिन्न जिल्लामा अध्यक्षहरू चयन गरेको छ । जनता समाजवादी पार्टी नेपालबाट अलग भएपछि नवगठित लोसपा नेपालले प्रदेश २ को चार वटा जिल्लामा अध्यक्ष चयन गरेको हो ।

धनुषा जिल्ला अध्यक्षमा परमेश्वर साह, महोत्तरी जिल्ला अध्यक्षमा रामबाबु साह, बारा जिल्ला अध्यक्षमा नवलकिशोर सिंह र पर्सा जिल्ला अध्यक्षमा पुरुषोत्तम झालाई चयन गरिएको छ । अध्यक्ष महन्थ ठाकुरले अलग अलग विज्ञप्ति जारी गर्दै चार वटा जिल्लामा अध्यक्ष चयन गरेको जानकारी दिएका छन्

लोसपाका प्रमुख सचेतकसमेत रहेका परमेश्वर साहले रौतहट, सर्लाही, सिराहा र सप्तरीमा समेत छिट्टै नै जिल्ला अध्यक्ष चयन गरिने जनाए । त्यस्तै लोसपाका केन्द्रीय सदस्य उमाकान्त झालाई धनुषा र प्रदेश सांसद अभिराम शर्मालाई महोत्तरी जिल्लाको पर्यवेक्षकमा चयन गरेको छ ।