बिद्यालय ३ दिनको लागि बन्द

1160

जनकपुरधामको बिद्यालय आज(मंगलबार)देखि तीनदिनको लागि बन्द भएको छ ।

सीताराम विवाहपञ्चमीमा हुने भीडभाडलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र रहेको सरकारी तथा निजि विद्यालयमा मंसिर २१,२२ र २३ गतेसम्मको लागि तीन दिन सार्वजनिक विदा दिने घोषणा गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, यूवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले गत आइतबार नै एक सूचना जारी गर्दै तीनदिनका लागि विदा घोषणा गरेका थिए ।

विवाहपञ्चमी महोत्सवमा आउने श्रद्धालुभक्तजनलाई आवश्यक सहयोग गरिदिन समेत उपमहानगरले अपिल गरेको छ ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको चौथो दिन आज राम र जानकीको मटकोर विधि मनाइँदै छ । भोलि स्वयम्बर र विवाहको कार्यक्रम हुने छ भने पर्सी बिहीबार रामकलेवा गरी विवाहपञ्चमी महोत्सव समापन हुने छ ।

विवाहपञ्चमी अव्लोकन गर्न देशका विभिन्न भाग तथा छिमेक देश भारतबाट तीर्थालु भक्तजन जनकपुर आउने क्रम जारी छ ।