परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिन मन्त्रालयको आग्रह

169

राैतहट ८ कात्तिक । गृह मन्त्रालयले परिचय खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई भाडामा बस्न नदिन आग्रह गरेको छ । पछिल्लो समय विदेशी नागरिकहरू परिचय लुकाई अनधिकृतरुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको भन्दै मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै त्यस्ता व्यक्तिलाई भाडामा नदिन सबैमा अनुरोध गरेको हो ।

May be an image of text that says 'नेपाल सरकार गृह मन्त्रालय पत्र सख्या:- प्राप्त पत्र संख्या र मिति:- विज्ञसि सिंहदरवार, काठमाडी, नेपाल पछिल्ला केही दिनका घट्नाहरुबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएकोले पहिचान खुल्ने ाधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिहरुलाई घर, अपार्टमेन्ट, फल्याट, कोठा आदि भाडामा नदिन त्यस्ता व्यक्तिहरुलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ साथै कोही पहिचान नखुलेका विदेशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गरी सहयोग गरिदिनुहुन समेत अनुरोध फणिन्द्रमणि ইিছরত पोखरेल सहसचिव, सहसचिव/प्रवक्ता प्रवक्ता मिति: २०७६/०७/०६'

परिचय नखुलेका जो सुकै भए पनि घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा भाडामा नदिन र कामकाजमा समेत नलगाउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ । त्यस्ता व्यक्ति फेला परेमा नजिकको प्रहरी कार्यालयमा खबर गरी सहयोग गर्न पनि मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।